सेवा सप्ताहको उपलक्ष्यमा नक्सलबारी मण्डल भाजपा-द्वारा सफाई अभियान

नक्सलबारी: प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको उपलक्ष्यमा आगामी 2 अक्टोबरसम्म भाजपाद्वारा सेवा सप्ताह पालन गरिरहेको छ। यसै क्रममा आज नक्सलबारी मण्डल भाजपाको पहलमा सफाई अभियान चलाइयो। नक्सलबारी रेल स्टेसनको दुवैतर्फको झार-जङ्गल काटेर किटनाशक औषधि छर्कियो। यस अवसरमा नक्सलबारी मण्डल सभापति मङलु राय, मण्डलका इन्चार्ज बबिता छेत्री, साधन चक्रवर्ती, शेलेन राय, बरतु राय लगायत अन्य उपस्थित थिए। मण्डल सभापति मङलु रायले भने, स्वच्छता बनाइ राख्ने उद्देश्य लिएर उक्त कार्यक्रमको आयोजना गरिएको हो। यसैगरी, घरको फोहोर-मैला रेल लाइनमा नफ्याँकेर सबैले सर-सफाईमा ध्यान दिनुपर्ने मण्डलका इन्चार्ज बबिता छेत्रीले बताइन्। यसले गर्दा उक्त सडक भएर यातायात गर्ने मानिसहरूले धेरै असुविधा हुने गरेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibombaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom