सिलगढी : दैनिक प्रयोजनीय सामग्रीको मूल्य वृद्धि, इलेक्ट्रिक बीलमा वृद्धि, बेरोजगार आदिको विरोधमा एसएफआई र डीवाईएफआईले संयुक्त रूपमा आज सिलगढीमा एउटा प्रतिवाद र्यालीको आयोजना गर्यो। एसएफआई र डीवाईएफआईले संयुक्त रूपमा सिलगढी नगरनिगमको 24 नम्बर वार्डबाट एउटा र्याली निकालेर वार्डको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो। उक्त र्यालीमा वार्ड को-अर्डिनेटर शङ्कर घोष लगायत अन्य दलीय नेतृत्वहरूले अंश ग्रहण गरेका थिए। र्यालीको माध्यमद्वारा तिनीहरूले राज्य र केन्द्र सरकारको विभिन्न नीतिको विरोध जनाए।