श्रमिकहरूको 2 पाक्षिक भत्ता र एक महिनाको वेतन कम्पनीले दिने भएपछि शुक्रवारदेखि कमानहरू खोलिने

दार्जिलिङ: हिल तराई डुवर्स प्ल्यानटेसन वर्कस युनियन केन्द्रीय अध्यक्ष जेबी तामाङ अनि महासचिव भरत ठकुरीले जानकारी गराए अनुसार बन्सल कम्पनी अधिनस्थ चिया कमानका श्रमिकहरूको 2 पाक्षिक भत्ता अनि एक महिनाको वेतन कम्पनीले भोलि शुक्रवार नै भुक्तान गर्ने निर्णय लिएको छ। कम्पनीका मालिकले आगामी सप्ताह दार्जिलिङ आएर सभा गर्ने वचन पनि दिएका छन्। यसको साथै भविष्यमा यस्तो कार्य फेरि नगर्ने र गल्ती भए सरकार पक्षले सोझै लीज खारिज गर्नु सक्छ भनी लिखित रूपमा आश्वासन दिएको जेबी तामाङले पत्रकारहरूलाई बताएका छन्। स्मरण रहोस, बन्सल कम्पनी अधिनस्थ 10 वटा चिया कमानमा खर्चा, वेतन लगायत अन्य साहुलियतहरू श्रमिकहरूलाई नदिएपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठनको तर्फबाट कमानहरू बन्द गरेर कमान मालिकले वकाया राशि दिनु पर्ने साथै कमान मालिकको लिज रद्द गरिनु पर्ने मागमा आन्दोलन गर्दै सर्वप्रथम कमानहरूमा गेट मिटिङको आयोजना गरेपछि दोस्रो चरणको आन्दोलन अन्तर्गत दार्जिलिङ जिल्लापाल कार्यालय अघि महिला चिया श्रमिकहरूले रिले अनशन गरिरहेको थियो। मालिक पक्षले लिक्त जानकारी दिएपछि अब भोली शुक्रवारदेखि दार्जिलिङमा बन्सल कम्पनीको बन्द कमानहरू खोलिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *