श्रमिकहरूको हक र हितको निम्ति श्रमिक सङ्गठन जुस्लो तार खोला शाखा गठन

रम्फु: कालेबुङ जिल्लाको राष्ट्रिय राजमार्ग-10 अन्तर्गत पर्ने तार खोलामा प्रेम सुब्बाको अगुवाईमा मदन राइको अध्यक्षतामा आज सभा सम्पन्न भयो। विशेष गरेर सेभोक-रम्फु रेलवे प्रोजेक्टमा कार्यरत मजदुरहरूको हक र हितको निम्ति राखिएको सभामा मजदुरहरूले भोक्न परिरहेको कतिपय समस्याबारे सभामा विस्तृत छलफल गर्दै मजदुरहरुको हक हितमा अवाज उठाउन आज तार खोला जुस्लो शाखा कमिटी गठन गरियो। आजको सभामा गोजमुमो 39 नम्बर समष्टि संयोजक पीरे राई, कालेबुङ जुस्लो जिल्ला अध्यक्ष कृष्ण छेत्री, सहसचिव समातेल सुब्बाको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *