श्रमिकहरूको समस्याबारे टोटापाडा चिया कमानमा गेट मिटिङ

बानरहाट: बानरहाट थाना अन्तर्गत पर्ने टोटापाडा चिया कमानको फ्याक्ट्री गेटमा आज मजदुर युनियनद्वारा गेट मिटिङको आयोजना गरियो। उक्ट मिटिङ अवधि आजसम्म श्रमिकहरुले तीन पल्टको तलब साथै सव- स्टाफहरुको 4 पल्टको तलब नपाएको, 48 जना अवकाशप्राप्त श्रमिकहरुको बकाया पीएफ अनि ग्रेज्युटीको रूपियाँ अहिलेसम्म नपाएकोबारे चर्चा गरियो। यसको साथै कमान प्रबन्धन पक्षले गत 26 फरवरीमा स्कुल गाडी दुर्घटनामा परेर घाइते भएका चारजना परीक्षार्थीहरूको देखरेख नगरेकोमा श्रमिकहरूले आक्रोश प्रकट गरे।


गत वर्ष डीएलसीमा मालिक पक्षले यस वर्षको शुरुवात देखिनै फ्याक्ट्री खोल्ने कुरा गरे तापनि अहिलेसम्म खोल्ने तरखर नरहेको विषयमा पनि श्रमिकहरुले आवाज उठाउँदै आज काम छाडेर भए पनि गेट मिटिङमा अंशग्रहण गरेका थिए। यस सअवसरमा कमान प्रबन्धनपक्षले यदि कमान राम्रोसँग चलाउन सक्दैन भने प्रशासनले झट्टभन्दा झट्टै कदम उठाएर कमान मालिकलाई कमानबाट हटाएर अन्य मालिकलाई कमान सुम्पिनु पर्ने श्रमिकहरुले माग गरेका छन्। अर्कोतिर, फ्याक्ट्री सहायक म्यानेजर देवाशिष सरकारले श्रमिकहरुको बकाया तलब चाँड़ै नै प्रदान गरिने साथै फ्याक्क्ट्री पनि अब केही महिनापछि सुचारु हुने बताएका छन्। आजको गेट मिटिङमा श्रमिक संगठनका नेताहरु लगायत पञ्चायत सदस्य शंकर उराँव साथै श्रमिकहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş