सिलगढी : श्रम कार्यालय बन्द गर्ने राज्यका शासकदलले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै सीपीएम 1 नम्बर एरिया कमिटीले आन्दोलन शुरू गरेको छ। सीपीएम 1 नम्बर एरिया कमिटीले आज 6 सूत्रीय मागलाई लिएर सिलगढीको डागापुरस्थित श्रम विभागका अधिकारीहरूसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 47 नम्बर वार्डस्थित श्रम कार्यालय गत 6 महिनादेखि बन्द अवस्थामा रहेको छ। उचित व्यवस्थापन रहे तापनि उक्त श्रम कार्यालय खोलिएको छैन। उक्त कार्यालय बन्द गर्ने राज्यका शासकदलले षड्यन्त्र गरिरहेको सीपीएमको आरोप रहेको छ। यस अवसरमा संगठनका सचिव संग्राम दे दास, 47 नम्बर वार्डका सीपीएम नेता तथा को-अर्डिनेटर रीता उराव लगायत अन्य सदस्यहरू उपस्थित थिए।