शिक्षक दिवसको अवसरमा अवकाशप्राप्त शिक्षक-शिक्षिका तथा शिक्षा कर्मीहरूलाई संवर्द्धना

सिलगढी : आज शिक्षक दिवस अर्थात् डा. सर्वपल्ली राधाकृष्णनको 135औँ जन्म जयन्ती हो। सिलगढीको नील नलिनी विद्यामन्दिर उच्च विद्यालयमा सिलगढी शिक्षा जिल्लाको शिक्षा विभागको व्यवस्थापनमा अवकाशप्राप्त शिक्षक-शिक्षिका तथा शिक्षा कर्मीहरूलाई संवर्द्धना जनाउँदै शिक्षक दिवस पालन गरियो।


यस अवसरमा दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, डेपुटी मेयर रञ्जन सरकार लगायत सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, सिलगढी शिक्षा जिल्ला विभागका अधिकारीहरूले डा. सर्वपल्ली राधाकृष्णनको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यसपछि सिलगढी शिक्षा जिल्लाका अवकाशप्राप्त शिक्षक-शिक्षिका तथा शिक्षा कर्मीहरूलाई संवर्द्धना जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *