शिक्षक दिवसको अवसरमा अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरूलाई नि:शुल्क कोरोनाको खोप लगाइने

सिलगढी : सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको तर्फबाट 5 सेप्टेम्बरमा अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरूलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने भएको छ। सिलगढी तराई लायन्स ब्लड ब्याङ्कका सदस्यहरूले आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराएका छन्। सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको कोरोना टीकाकरण परियोजनाका अध्यक्ष कमल अग्रवालले आगामी 5 सेप्टेम्बरको दिन शिक्षक दिवसको अवसरमा अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरूलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराइने बताए। 5 सेप्टेम्बर बिहान 9 बजीदेखि कोरोना टीकाकरण शिविरको आयोजना गरिनेछ भने उक्त शिविर दिनभरि चल्ने तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO