मङपु: संयुक्त माध्यमिक शिक्षक कल्याण संगठन मङपुद्वारा आज यहाँको अस्पताल संरक्षण समितिलाई 20 हजार रुपियाँ आर्थिक सहयोग राशी प्रदान गरियो। मङ्पु प्रेस क्लबमा अस्पताल संरक्षण समितिका संयोजक किरण पाख्रीनको हातमा उक्त राशी प्रदान गरियो। संयुक्त माध्यमिक शिक्षक कल्याण संगठनका सचिव शरण गुरुङ लगायत अन्य प्रतिनिधहरूले उक्त आर्थिक सङ्ग्रह मङपु अस्पताल संरक्षण समितिलाई आज प्रदान गरे। यसरी मङपुका पाँचवटा विद्यालय क्रमैले सरस्वती उच्चत्तर माध्यमिक विद्यालय,ज्ञानपीठ उच्चत्तर माध्यामिक विद्यालय, शारदा उच्च माध्यमिक विद्यालय, लाब्दा निम्न उच्च माध्यामिक विद्यालय, रञ्जुभेल्ली निम्न उच्च माध्यामिक विद्यालयका शिक्षक-शिक्षिकागण अनि अशिक्षण कर्मचारीहरूलाई यसरी आर्थिक सहयोग गरिदिएकोमा मङपु अस्पताल संरक्षण समितिका संयोजक किरण पाख्रीनले आभार व्यक्त गरेका छन्। अहिलेको कोरोना महामारीको समयमा शिक्षक-शिक्षिकाहरू खुलेर अघि आउन नसकेता पनि घरमा नै बसेर भए पनि यस कोरोनाको दोस्रो वेभमा खटिरह्ने फ्रन्टलाईन वारियरहरुलाई आर्थिक सहयोग गर्नु पाएकोमा हर्ष प्रकट गर्दै हाल महामारीमा विभिन्न प्रकारले खट्दै आइरहेका सबैलाई सरस्वती विद्यालयका प्राध्यापिका चन्द्रकला राईले धन्यवाद दिएकी छन्।