‘सिक्किम आर्ट्स एण्ड लिट्रेचर’ उत्सव-2023 को समापन कार्यक्रममा मुख्यमन्त्री पीएस गोले उपस्थित

योकसम (निसं): राष्ट्रिय स्तरीय ‘सिक्किम आर्ट्स एण्ड लिट्रेचर’ उत्सव-2023 को तीनदिने कार्यक्रमको आज समापन समारोहमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथिका रूपमा उपस्थित थिए। पश्चिम सिक्किमको योकसममा आयोजित तीन दिवसीय कार्.क्रमको अन्तिम दिन आजको समापन कार्यक्रममा विधानसभामा उपाध्यक्ष एवं क्षेत्र विधायक साङगे लेप्चा, शिक्षा विभागका मन्त्री कुङगा निमा लेप्चा, मन्त्री लोकनाथ शर्मा, भिमहाङ सुब्बा, मन्त्री एमएन शेर्पा, लोकसभा संसद इन्द्रहाङ सुब्बालगायत विभिन्न विधायकगण, विभिन्न विभागका सल्लाहकारगण, अध्यक्षगण साथै अन्यको उपस्थिति थियो।


तीनदिने उत्सवमा विशेष गरेर अन्तर्क्रियात्मक कला, साहित्य, संस्कृति आदि जस्ता विषयमा व्यापक चर्चा-परिचर्चा गरियो। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको विद्यार्थी प्रकोष्ठ साथै जयपुरको टिमवर्क आर्ट्सद्वारा आयोजित युनेस्कोको विश्व सम्पदा क्षेत्र योक्सोमको कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जमा ‘पढ्नुहोस् र बढाउनुहोस्’ भन्ने विषयमा तीनदिने राष्ट्रियस्तरको ‘सिक्किम कला र साहित्य महोत्सवको तेस्रो दिन आज विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *