गान्तोक : सिक्किम घुम्न आएका पर्यटकहरू वाहन दुर्घटनामा परेर 3 जनाको मृत्यु भएको छ भने एकजना पर्यटक निखोज भएका छन्। प्राप्त जानकारी अनुसार सिक्किमको प्रमुख पर्यटनस्थलहरूको भ्रमणमा आएका पर्यटकहरू उत्तर सिक्किमको मंगनदेखि 10 किलो मिटर टाढामा वाहन दुर्घटना हुँदा वाहन सोझै मेयोङ खोलामा झरेपछि वाहनमा सवार 3 जना पर्यटकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य एकजना पर्यटक निखोज भएका छन्। दुर्घटना भएको बोलेरो वाहन टिस्टा ऊर्जा प्राइभेट लिमिटेडसँग सम्बन्धित रहेको साथै घटनास्थलबाट 3 जना पर्यटकको शव उद्धार गरिएको पुलिस सूत्रमार्फत् थाहा लागेको छ। उक्त दुर्घटनामा अझ एकजना व्यक्ति निखोज रहेकोले तिनको खोजी कार्य जारी रहेको बताइएको छ। उत्तर सिक्किमको मंगन पुलिस थाना, चुङथाङ पुलिस थाना लगायत नर्थ सिक्किम टुरिस्ट ड्राइभर एसोसिएसन तथा स्थानीय युवाहरूले संयुक्त रूपमा मेयोङ खोलामा निखोज व्यक्तिको खोजी अभियान जारी राखेको छ।
