सिक्किम घुम्न आएका राँचीका 22 जना विद्यार्थीहरू बस दुर्घटनामा घाइते

गान्तोक :  सिक्किम घुम्न आएका राँचीको सेन्ट जेभियर्स कलेजका विद्यार्थीहरू आज गान्तोक नजिक रानीपुल 7 माइलमा बस दुर्घटना हुँदा धेरैजना विद्यार्थीहरू घाइते भएका छन्। प्राप्त जानकारी राँचीबाट सेन्ट जेभियर्स कलेजका विद्यार्थीहरू एस्कर्सनको निम्ति सिक्किम घुम्न आएका थिए भने तिनीहरूले बङ्गाल नम्बरको एउटा वाहन सिलगढीबाट लिएर गएको थियो। यसै क्रममा आज गान्तोक रानीपुल नजिक 7 माइलमा पुग्दा बस अनियन्त्रित भएर राष्ट्रिय राजमार्ग 10-मा पल्टियो। उक्त दुर्घटनामा बसमा सवार भएका 22 जना विद्यार्थीहरू घाइते भएका छन्। तिनीहरूलाई घटनास्थलबाट उद्धार गरेर प्राथमिक उपचारको निम्ति नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको बताइएको छ।    


Leave a Reply

Your email address will not be published. Required fields are marked *