सिक्किमका शंकरदेव ढकालको ‘किरायाको कोख’-लाई साहित्य अकादमी पुरस्कार प्रदान गरिने

खरसाङ: वर्ष 2020 को साहित्य अकादमी पुरस्कार सिक्किमको वरिष्ठ साहित्यकार शंकरदेव ढकाललाई प्रदान गरिने भएको छ। वर्ष 2020 को लागि साहित्य अकादमी पुरस्कार तिनको चर्चित उपन्यास किरायाको कोख-लाई प्रदान गर्ने भएको छ। वर्ष 2020 को साहित्य अकादमी पुरस्कारको लागि तीनजना जुरीहरू क्रमैले युवराज काफ्ले, डा. शान्ति छेत्री र प्रेम प्रधानले सिक्किमका वरिष्ठ साहित्यकार शंकरदेव ढकालद्वारा लिखित उपन्यास किरायाको कोखनामक पुस्तकलाई छनौट गरेका छन्। उक्त उपन्यास भूटानी शरणार्थीहरूको जीवनमा आधारित रहेको बताइएको छ जुन सन् 2018 मा प्रकाशित भएको थियो। तिनको उक्त उपन्यासले योभन्दा पहिला पनि सिक्किमबाट डा. शोभाकान्ति थेगिम पुरस्कार प्राप्त गरिसकेको छ। साहित्य अकादमी पुरस्कारको रूपमा एक लाख रुपियाँ प्रदान गरिन्छ। सिक्किमको वरिष्ठ साहित्यकार शंकरदेव ढकाललाई वर्ष 2020 को साहित्य अकादमी पुरस्कार प्रदान गर्नलाई साहित्य अकादमीको सचिव के श्रीनिवासारावद्वारा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *