नयाँ दिल्ली: देशको राष्ट्रपति चुनाउको निम्ति हिज मतदान भएपछि सिक्किम विधानसभाबाट दिएको मतपेटी आज दिल्लीको संसद भवनमा निर्वाचन अधिकारीसमक्ष लगियो। गान्तोकबाट आज बिहान दिल्लीतर्फ प्रस्थान भएको प्रतिनिधि टोली ब्यालेट बक्स अनि मतदानमा प्रयोग गरिएका सामग्रीहरू लिएर नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल पुगेपछि त्यहाँबाट सुरक्षित ढंगमा संसद भवनमा लगियो। उक्त प्रतिनिधि टोलीमा राष्ट्रपति चुनाउको निम्ति सिक्किममा नियुक्त भएका सह-चुनाउ अधिकारीहरू ललित कुमार गुरुङ र कर्मा टी. ग्यात्सो, विधानसभाका उप-सचिवद्वय बरुण दाहाल र दावा जी शेर्पा सामेल छन्।
