गान्तोक: दुई दिवसीय भ्रमणमा सिक्किम आइपुगेका देशका उप राष्ट्रपति वेङ्कया नायडुले आज दक्षिण सिक्किमस्थित तार्कुमा कञ्चनजङ्घा स्टेट युनिभरसिटीको गान्तोकस्थित सम्मान भवनबाट नै भर्च्युअल रूपमा शिलान्यास गरे। यस अवसरमा राज्यपाल गंगा प्रसाद, मुख्यमन्त्री प्रेम सिंह गोले, शिक्षा विभागीय मन्त्री कुङ्गा निमा लेप्चा लगायत सांसद तथा विधायकहरूको उपस्थिति रहेको थियो।
