सिक्किमको नथुलाबाट 40 जना पर्यटक बीआरओ-द्वारा उद्धार

गान्तोक (निसं): सिक्किमको एक प्रमुख पर्यटक स्थल नथुला घुम्न गएकाहरू अचानक अत्याधिक वर्षाको कारणले यहाँको नजिकै अलपत्र परेपछि 40 जना पर्यटकलाई बीआरओ-का कर्मयोगीहरूले उद्धार गरेका छन्। त्यसपछि तिनीहरूलाई बीआरओ-को स्वस्तिक परियोजनाका कर्मयोगीहरूले जाडोमा तातो खाना खुवाउनको साथै बीआरओ- क्याम्पमा आश्रय दिए।


बीआरओको स्वस्तिक परियोजनाले सडक खोलेपछि तिनीहरुलाई सकुशल गान्तोक फर्काइयो। यो नि:स्वार्थ सहयोग कार्य त्यहाँका डीजी लेफ्टिनेन्ट जनरल राजीव चौधरीको मार्गदर्शनमा गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *