सिक्किममा 97 जना कोभिड 19 डेल्टा भेरियन्टले संक्रमित

गान्तोक : छिमेकी राज्य सिक्किममा 97 जना कोभिड 19 डेल्टा भेरियन्टले संक्रमित भएको पुष्टि भएपछि राज्यभरिमै खैलाबैला मच्चिएको छ। सिक्किम राज्यबाट 98 जनाको नमुना संग्रह गरेर पश्चिम बङ्गालको कल्याणीमा जाँचको निम्ति पठाउँदा तीमध्ये 97 जना डेल्टा भेरियन्ट संक्रमित भएको पुष्टि गरिएको छ। आज राजधानी गान्तोकमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर राज्यका स्वास्थ्य मन्त्री डा. एमके शर्माले उक्त खबरको पुष्टि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *