बिजनबारी: बिजनबारी भेगको गाउँ बस्तीबाट दूध बटुलेर दिनहुँ सिक्किम लैजाने दूधका गाड़ीहरू हाल सिक्किम लकडाउनको कारण पूर्णरूपले बन्द अवस्थामा छ भने यसको सोझै प्रभाव यस क्षेत्रका धेरैजना गौपालकहरूमाथि परेको देखिन्छ । यदि बिजनबारीमा रहेका हिमूल सञ्चालनमा रहेको भए गौपालकहरूलाई यसरी मर्का पर्ने थिएनन् भन्ने गुनासो गत दार्जीलिङ विधान सभामा पराजित माकपा प्रार्थी गौतमराज राईले पोखेका छन् । तिनले गौपालकहरूको सुविधाको निम्ति यहाँको बन्द अवस्थामा रहेका हिमूल केन्द्रहरू अब चाँड़ै सञ्चालनमा ल्याउनु पर्ने माग सरकार पक्षलाई गरेका छन्।