सिक्किममा काम गर्न गएका राजगञ्जका युवक निखोज, परिवार चिन्तित

राजगञ्ज, (निसं): सिक्किममा काम गर्न गएका राजगञ्जका युवक समीर कसेरा निखोज भएका छन्। समीरसित सम्पर्क गर्न नसकेपछि परिवारका सदस्यहरू चिन्तित छन्। असहाय आमाले छोराको खोजी गरिदिने पुलिस समक्ष गुहार लगाएकी छन्। प्राप्त जानकारी अनुसार राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत गधेयागछ गाउँ निवासी समीर दुई महिना अघि सिक्किममा काम गर्न गएका थिए। समीरको आमा चियाश्रमिक हुन्। गत मंगलवार राति सिक्किममा प्राकृतिक आपदमा समीर निखोज भएपछि असहाय आमाले छोराको खोजी गरिदिने पुलिस समक्ष गुहार लगाएकी छन्। निखोज युवकको आमाले बताएअनुसार प्रत्येक दिन छोरासित फोनमार्फत् कुराकानी गर्ने गर्दथिन्। तर सिक्किममा प्राकृतिक आपदापछि गत 4 अक्टोबरदेखि छोरासित सम्पर्क भएको छैन। छोराको फोन स्विच अफ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO