सिक्किममा संविधान दिवस पालन

गान्तोक : सिक्किमको राजधानी गान्तोकस्थित राज्य सचिवालय टाशीलिङमा आज संविधान दिवस पालन गरियो। कार्यक्रममा सचिवालय परिसरमा रहेका विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। भारतीय संविधानको प्रस्तावना पढेर उत्सव मनाइयो। राज्यका अतिरिक्त मुख्य सचिव आर. तेलाङले उपस्थित सबै जना अघि संविधानको प्रस्तावना पढ़ेर सुनाए। प्रति वर्ष 26 नोभेम्बरको दिन पालन गरिने संविधान दिवस यस पल्ट उक्त दिनमा सरकारी विदाको कारणले गर्दा आज पालन गरिएको बताइएको छ।


स्मरण रहोस, प्रत्येक वर्ष 26 नोभेम्बरको दिन संविधान दिवस पालन गर्ने गरिन्छ। 26 नोभेम्बर 1949-मा भारतीय संविधानलाई भारतको संविधान सभाले स्वीकार गरेको थियो। यसलाई पछि 26 जनवरी 1950-देखि प्रभावमा ल्याइएको थियो। 19 नोभेम्बर 2015-मा एउटा राजपत्र अधिसूचना जारी गरेर 26 नोभेम्बरको दिनलाई संविधान दिवसको रूपमा पालन गर्ने केन्द्र सरकारले घोषणा गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *