सिक्किममा सेनाका वाहन दुर्घटना, 4 जना जवानको मृत्यु

गान्तोक (निसं): भारतीय सेनाको जवान लिएर भारत-चीन सीमातिर पर्ने जलुक तर्फ गइरहेको समय सेनाको एउटा वाहन पूर्व सिक्किमको पाकिम जिल्लाको दलपचन्दमा दुर्घटनाग्रस्त हुँदा चार जना जवानको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार कालेबुङ पेदोङबाट जलुक जाँदै गर्दा दलपचन्द डाँडामा उक्त दुर्घटना भएको हो। मध्यप्रदेश निवासी चालक सिपाही प्रदीप पटेल, सीएफएन डब्लु. पीटर इम्फाल, नायक गौरव सिंह हरियाणा र तामिलनाडुका सुवेदार के थाङ्गापान्डीको निधन भएको छ। सेनाको बिनागुढी ईएमसी एकाईका जवानहरू थिए भने दुर्घटनामा दलपचन्द डाँडाबाट लगभग 7 सयदेखि 8 सय फिट तल अक्करे भीरबाट खसेको छ। यो सडक रिनाक रोङली स्टेट हाइवेमा पर्दछ। सेना र स्थानीय, पुलिस, वनकर्मीले शवहरू उद्धार गर्ने कार्य थालेको छ भने घटनाबारे विस्तृत जानकारी आउन अझ बाँकी छ। दुर्घटनाको कारण छानबिनको अवस्थामा रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom