गान्तोक: सिक्किम राज्यको सचिवालय तोड़फोड़ काण्डमा दुई जना आरोपीलाई पक्राउ गर्न सफल भएकोमा राज्यका मुख्यमन्त्री प्रेमसिंह गोलेले पुलिस टोलीको यस कार्यको निम्ति सराहना गरेका छन्। आज मुख्यमन्त्री गोलेले ती पुलिस प्रतिनिधि टोलीसँग भेट गरेर खदार्पण गरेर खुशी हुँदै तिनीहरूको यस कार्यको सराहना गरे। राज्य अनि राज्यवासीको हितमा सधैं यसरी समर्पित भएर कार्य गरिदिने पनि मुख्यमन्त्रीले तिनीहरूलाई आह्वान गरे।
