सिलगढीमा डकैती गर्न अगावै 4 जना कुख्यात बदमाश पक्राउ

सिलगढी : डकैती गनर्का लागि योजना बनाइरहेको सुइँको थाहा पाएपछि सिलगढी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर 4 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा विशाल राउत, प्रदीप पासवान, छोट्टू हेला र रञ्जन साहनी सामेल छन्।
पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढीको सर्वहारा कलोनीको बजार इलाकामा गत अबेर राति 10-12 जना बदमाश युवाहरू भेला भएर कुनै अपराधिक घटनालाई अञ्जाम दिनका लागि योजना बनाइरहेका थिए। तर सिलगढी थाना पुलिसले गोप्य सुइँको पाएपछि तत्कालै घटनास्थलमा पुगेर अभियान चलाएर 4 जना बदमाशलाई पक्राउ गरेको छ। पुलिस देखेपछि घटनास्थलबाट केही बदमाशहरू रातको अन्धकारको फाइदा उठाएर भाग्न सफल भए। पुलिसले पक्रा परेका आरोपीहरूलाई डकैती गर्ने योजना बनाइरहेको आरोपमा मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले बदमाश समुहका अन्य भाग्ने सदस्यहरूको पनि खोजी शुरू गरेको छ। यसको साथै पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş