सिलगढी : सिलगढी नगरनिगमको 42 नम्बर वार्डको चयनपाडा सर्वपल्ली इलाकामा रहेको अवैध गोदाम भत्काइदिएको छ। आज बिहान सिलगढी नगरनिगमका अधिकारीहरू उक्त इलाकामा पुगेर अवैध गोदाम भत्काइदिएको बताइएको छ। उक्त गोदामले गर्दा धेरै दिन अघिदेखि स्थानीय मानिसहरू विविध समस्याको सामना गर्दै आइरहेका थिए। स्थानीय मानिसहरूले यस विषयमा सिलगढी नगरनिगममा अभियोग दर्ता गरेपछि आज नगरनिगमको तर्फबाट उक्त अवैध गोदाम भत्काइदिएको बताइएको छ। यस विषयमा सिलगढी नगरनिगमका एक्ज्युकेटिभ इञ्जिनियरले बताएअनुसार गोदाम मालिकलाई यसबारे नोटिस पठाएको थियो। यसपछि आज उक्त अवैध गोदाम भत्काइदिएको हो।
