सिलगढी, 26 अक्टोबर: सिलगढी जिल्ला अस्पतालबाट नवजात शिशुको शव हराएको घटनाको लगभग 10 दिन बितिसक्दा पनि अस्पतालले कुनै स्पष्ट जवाफ दिन सकेको छैन। आज DYFI का सदस्यहरूले जिल्ला अस्पतालका सुपरसँग फेरि भेट गर्नको साथै विरोध प्रदर्शन पनि गरे।
स्मरण रहोस, गत 17 अक्टोबरमा सिलगढी जिल्ला अस्पतालबाट एकजना नवजात शिशुको शव हराएको थियो। उक्त घटना पछि शहरमा सनसनी फैलियो। तर, यति दिन बितिसक्दा पनि आजसम्म अस्पतालबाट कुनै जवाफ नपाइएकाले गर्दा DYFI ले आज विरोध प्रदर्शन गरेको बताइएको छ। यस अवधि अस्पतालका सुपरसँग भेट गरेर एउटा ज्ञापन पत्र पनि बुझाएको छ।
यस अवसरमा डीवाईएफआई-का एकजना नेताले भने, “यस घटनाको पृष्ठभूमिमा रहेको रहस्य सबैका सामु ल्याउनुपर्छ। यदि आगामी सोमबारसम्म पनि घटनाबारे कुनै जानकारी उपलब्ध नगराए, हामी वृहत आन्दोलनमा उत्रनेछौं।”