सिलगढी : सिलगढी उच्च बालिका विद्यालयले 75 वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त स्कुलका भूतपूर्व छात्राहरूले कोरोना परिस्थितिमा विभिन्न समाजमूलक कार्यहरू शुरू गरेका छन्। उक्त स्कुलका भूतपूर्व छात्राहरूले आज 75 जना असहाय मानिसहरूलाई खाद्य सामग्री वितरण गरे। स्कुलका पूर्व छात्रा मधुपा सरकारले बताएअनुसार उक्त स्कुलका लगभग 25 जना भूतपूर्व छात्राले मिलेर उक्त पहल गरेको हो। स्कुलका भूतपूर्व छात्रा देवकी कुन्डु, शाश्वती दासगुप्ता, प्रगति कर सेनगुप्ता, संयुक्ता बसु, चन्द्रतपा दास लगायत अन्य छात्राहरूले सिलगढी उच्च बालिका विद्यालयले 75 वर्ष पुरा गरेको अवसरमा आज 75 जना असहाय मानिसहरूलाई खाद्य सामग्री प्रदान गरेको तिनले बताइन्। हाल यी सबै भूतपूर्व विद्यार्थीहरू विभिन्न क्षेत्रमा कार्यरत छन्। यी छात्राहरूले यस सामाजिक सेवा कार्यक्रम स्कुललाई माया गरेर समाज प्रति आफ्नो जिम्मेवारी सम्झेर शुरू गरेको बताइएको छ। तिनीहरूले एउटा स्वयंसेवी संगठनलाई 10 हजार रुपियाँको चेक प्रदान गर्नको साथै अन्य एउटा संस्थालाई अक्सिजन सिलेन्डर र निःशुल्क एम्बुलेन्स सेवाको लागि 10 हजार रुपियाँ प्रदान गरेको छ। उक्त छात्राहरूले आफ्नै खर्चमा विविध समाजमूलक कार्यहरू गरेका छन्। हाल कोरोना परिस्थितिमा सहरमा रगतको सङ्कट देखापरेकोले गर्दा चाँडै नै रक्तदान शिविरको पनि आयोजना गर्ने तिनीहरूले बताए।