सिलगढी बार एसोसिएशनको चुनाउमा तृणमूल र सीपीएम बीच कुनै गठबन्धन छैन: समन पाठक

सिलगढी : सिलगढी बार एसोसिएशनको चुनाउमा तृणमूल र सीपीएममाझ कुनै गठबन्धन गरिएको छैन। सीपीएमका जिल्ला सचिव समन पाठकले आज पत्रकार सम्मेलनको आयोजना यसबारे स्पष्ट गरे। सिलगढी बार एसोसिएशनको चुनाउ 29 अप्रेलमा सम्पन्न हुनेछ। बार एसोसिएशन सदैव वाम-कङ्ग्रेसको दखलमा छ। यसपल्टको चुनाउमा वाम र तृणमूलबीच गठबन्धन हुनसक्ने राजनीतिक वृत्तमा अडकल लगाएको छ। तथापि, सीपीएमका जिल्ला सचिव समन पाठकले यो अडकल सत्य होइन भनी बताए। तिनले आज पत्रकार सम्मेलनको आयोजना गरेर बार काउन्सिल चुनाउमा तृणमूल-सीपीएमको गठबन्धनलाई लिएर लगाइएको अडकलबाजी पूर्ण रूपमा निराधार रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *