सिलगढीबाट सुनको बिस्कुटसहित एकजना पक्राउ

सिलगढी : डीआरआईले सिलगढीबाट सुनको बिस्कुटसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति महाराष्ट्रको साङ्गली निवासी रञ्जीत हनमन्तराव जाधवको रूपमा चिन्हित गरिएको छ। जफत गरेको सुनको 6 वटा बिस्कुटको ओजन 966 ग्राम रहेको छ। डीआरआई सूत्रले दिएको जानकारी अनुसार हिजो साँझ सिलगढीको वर्द्धमान रोडमा असम नम्बरको बसमा सवार भएर सिलगढी आइपुगेका रञ्जीत हनमन्तराव जाधवको छानबीन गर्दा तिनको जुत्ताबाट 6 पीस सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। अर्कोतिर, डीआरआई पक्षका वकील त्रिदीप साहले बताएअनुसार पक्रा परेका व्यक्तिबाट मोठ 996 ग्राम सुनको बिस्कुट उद्धार गरेको छ भने एउटा सुनको बिस्कुटको ओजन 166 ग्राम रहेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *