सिलगढी विधान मार्केटका व्यवसायीहरूलाई मेयर कोषबाट क्षतिपूर्ती स्वरूप चेक प्रदान

सिलगढी, 3 अक्टोबर (निसं): सिलगढीको विधान मार्केटमा आगोले प्रभावित भएका दोकानदारहरूलाई वित्तीय सहायता प्रदान गरिएको छ। बिहीबार मेयर गौतम देवले मेयर राहत कोषबाट पूर्ण रूपमा प्रभावित दोकानदारहरूलाई 50 हजार रुपियाँ अनि आंशिक रूपमा प्रभावित दोकानदारहरूलाई 15 हजार रुपियाँको चेक प्रदान गरे।
स्मरण रहोस, गत 28 सेप्टेम्बरको दिन सिलगढी विधान मार्केटमा भएको भयावह आगलागीमा 9 वटा दोकानहरू पूर्ण रूपमा जलेर नष्ट भएको थियो भने 14 वटा दोकान आंशिक रूपमा क्षतिग्रस्त भएको थियो। त्यसबेला, मुख्यमन्त्री ममता ब्यानर्जीले उत्तर बंगालको भ्रमणमा रहेकोले प्रभावित दोकानदारहरूलाई 1 लाख र आशिंक प्रभावितहरूलाई 50 हजार रुपियाँ गरेर क्षतिपूर्ती दिने घोषणा गरेकी थिइन्, जुन प्रभावित दोकानदारहरूलाई आगावै प्रदान गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *