सिलगढी बोइज हाई स्कूलका विद्यार्थीहरूलाई मिलावटी खाद्य पदार्थहरूको पहिचान गर्नेबारे प्रशिक्षण

सिलगढी (निसं): सिलगढी बोइज हाई स्कूलका विद्यार्थीहरूलाई मिलावटी खाद्य पदार्थहरूको पहिचान गर्नेबारे प्रशिक्षण दिइयो। आज राष्ट्रीय आविष्कार सप्ताहको उपलक्ष्यमा मिलावटी खाद्य पदार्थहरूको पहिचान गर्ने तरिकाबारे समग्र शिक्षा अभियानको तर्फबाट विभिन्न स्कूलहरूमा जागरूकता शिविरको आयोजना गरियो। यस अन्तर्गत आज सिलगढी बोइज हाई स्कूलको आठौदेखि एघारौं श्रेणीसम्मका विद्यार्थीहरूलाई मिलावटी खाद्य पदार्थहरूको पहिचान गर्नेबारे प्रशिक्षण दिइयो। यस अवधि शिक्षक रञ्जय दास, पलाश चक्रवर्ती, राजा वैष्णव उपस्थित थिए। यस विषयमा स्कूलको शिक्षक कञ्चन तालुकदारले जानकारी गराउँदै आज विद्यार्थीहरूलाई मिलावटी खाद्य पदार्थहरूको पहिचान गर्नेबारे प्रशिक्षण दिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *