सिलगढी : सिलगढी बस ओनर्स बुकिङ एजेन्ट वेलफेयर एसोसिएशनको तर्फबाट आज यहाँको जङ्क्सन बस स्ट्यान्डमा एउटा कार्यक्रमबीच नगरनिगमका मेयर लगायत बोर्डका सदस्यहरूलाई सम्मानित गर्यो। कार्यक्रममा सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, 1 नम्बर वार्ड पार्षद सञ्जय पाठक, 47 नम्बर वार्ड पार्षद अमर आनन्दो दास, 2 नम्बर वार्ड पार्षद र 1 नम्बर बोरो चेयरम्यान गार्गी च्याटर्जी, 46 नम्बर वार्ड पार्षद दिलीप बर्मन, 3 नम्बर वार्ड पार्षद तथा मेयर परिषद राम भजन महतो, पार्षद कुन्तल राय लगायत दार्जिलिङ जिल्ला प्रमुख तृणमूल कङ्ग्रेस अध्यक्ष पापिया घोष, आईएनटीटीयुसी अध्यक्ष निर्जल दे एवम् केही विशिष्ट व्यक्तिलाई सम्मान जनाइयो।

यस अवसरमा सिलगढी बस ओनर्स बुकिङ एजेन्ट वेलफेयर एसोसिएशनका अध्यक्ष सन्तोष साहले भने, सिलगढी नगरनिगममा तृणमूल कङ्ग्रेसले नयाँ बोर्ड गठन गरेको छ। यो बोर्डले सिलगढी सहरको विकासका लागि काम गर्नेछ भन्ने निक्कै आशा रहेकोले गर्दा नै आज सिलगढी बस ओनर्स बुकिङ एजेन्ट वेलफेयर एसोसिएशनको तर्फबाट नगरनिगमका नयाँ मेयर लगायत बोर्डका सदस्यहरूलाई सम्मान गर्नको लागि उक्त कार्यक्रमको आयोजना गरिएको तिनले बताए।
