सिलगढी, 29 अप्रेल (निसं): सोमबार राति सिलगढी कलेजमा आयोजित एउटा सामाजिक समारोह अवधि तृणमूल छात्र परिषद (टीएमसीपी)-का दुई गुटबीच विवाद र हातपातको घटना भएपछि कलेज परिसरमा तनाउको माहौल सिर्जना भएको छ। विवादको सुरुवात मञ्चबाटै भएको आरोप रहेको छ। त्यस समय पुलिस घटनास्थलमैं उपस्थित भए तापनि कुनै कारवाही गरिएको थिएन।
यस घटनापछि सिलगढी डे कलेजका तृणमूल छात्र परिषदका नेता तथा कार्यकर्ताहरू रातिको समय कलेजपाडास्थित मेयरको घर अगाडि भेला भए। घर अगाडि भीड देखेपछि मेयर स्वयम् सडकमा निस्किएर केही व्यक्तिहरूसँग कुराकानी गरे। मेयरले त्यहाँ उपस्थित पुलिसलाई त्यहीँ हुँदाहुँदै पनि पुलिसले किन कुनै कारवाही गरेन बन्दै प्रश्न गरे।
यसैबीच, मेयरले रातिको समयमा आफ्नै घर अगाडि यस्तो भीड भेला भएकोप्रति असन्तुष्टि जनाए। यद्यपि, छात्र नेता तथा संगठनभित्र चलिरहेको आन्तरिक संघर्षबारे भने उनले कुनै टिप्पणी गरेनन्।