सिलगढी कलेजमा भर्नाको लागि सिनचेनको आवेदन, अभिभावक डोरेमन

सिलगढी : कलेज भर्नाको प्राथमिक सूचीमा सनी लियोन, नेहा कक्कडपछि अब कार्टुन क्यारेक्टर सिनचेनको नाम आएको छ। अभिभावकको नामको ठाउँमा डोरेमनको नाम लेखिएको भेट्टाएपछि सिलगढी कलेजका कर्तृपक्ष अचम्भित भएका छन्। सिलगढी कलेजको भर्नाको प्राथमिक सूचीमा धेरैजसो विभागमा उक्त दुई कार्टुन क्यारेक्टरको नाम लेखिएको थियो। कलेजको वेबसाइड देखरेख गर्ने संस्थाले हतारमा उक्त नाम हटाइदिएको छ। कलेजको नाम बदनाम गर्नको लागि कसैले फेक एकाउन्ट बनाएर उक्त कार्य गरेको कलेज कर्तृपक्षको भनाइ रहेको छ। कलेजको तर्फबाट चाँडै साइबर क्राइममा अभियोग दर्ता गर्ने साथै प्रशासनको तर्फबाट उक्त विषयमा कठोर नजरदारी गरिदिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO