सिलगढी कलेजपाडाको दोकानमा चोरी

सिलगढी : सिलगढी कलेजपाडाको चिल्ड्रेन पार्कका व्यवसायी जीवन विश्वासको दोकानमा चोरीको घटना घटेको छ। प्राप्त जानकारीअनुसार हिजो राति केही दुष्कृतिहरूले उक्त दोकानको पछिल्तिरको छतको टिन भत्काएर दोकानभित्र प्रवेश गरी नगद 5 हजार रुपियाँ लगायत दोकानमा राखिएको लगभग 20 हजारको सर-समान चोरी गरेको बताइएको छ। उक्त दोकानदेखि केही पर एडिशनल एसपीको बङ्ग्लो रहेको छ। दोकानको छेउछाउमा सीसीटीभी जडान नगरिएकोले घटनाबारे सटीक जानकारी प्राप्त भएको छैन। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर छानबीन गरेपछि घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet