सिलगढी देवीडांगामा युवक आत्महत्या मामिलामा प्रेमिका लगायत 4 जना पक्राउ

सिलगढी (निसं): सिलगढीको देवीडांगामा युवकको आत्महत्या मामिलामा प्रधान नगर थाना पुलिसले 4 जनालाई पक्राउ गरेको छ।  पुलिसले मृतक युवकको प्रेमिका सहित तिनका आमा, बाबा र ठूलो दिदीलाई आत्महत्या गर्नका लागि वाध्य गरेको आरोपमा पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीहरूमा प्रेमिकाको पिता हरि शर्मा मतिगढा पञ्चायत समितिका सदस्य हुन्। आज प्रेमिकाको आमा, बाबा र ठूलो दिदीलाई सिलगढी अदालतमा पेश गरियो। तथापि, प्रेमिका नाबालिक भएकोले गर्दा तिनलाई जुवेनाइल कोर्टमा पेश गरिने भएको छ। हाल तिनलाई होममा राखिएको छ।  


स्मरण रहोस, देवीडांगा इलाकाको बाप्पा बर्मनको हरि शर्माको नाबालिक छोरीसित प्रेम सम्बन्ध थियो। गत मंगलवार मिलनमोडमा नाबालिकाको प्रेमी बाप्पासित झगडा भएको थियो। झगडा पछि मंगलवार साँझमा प्रेमिका अनि तिनका पिता हरि शर्मा प्रेमी बाप्पाको घरमा पुगेर सबैको सामु तिनलाई थप्पड हिर्काएका थिए। यसपछि बाप्पा धेरै आहत भएर त्यही राति झुन्डिएर आत्महत्या गरेको आरोप लगाइएको छ। बुधवार बिहान कोठाभित्रबाट बाप्पाको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा तनाउको माहौल देखा पऱ्यो।  आक्रोशित गाउँलेहरूले पहिला पञ्चायत समिति हरि शर्माको घरमा तोडफोड गरे। यसपछि पुलिसको गाडीमा पनि ढुंगाहरू प्रहार गरेका थिए। तथापि, पछि पुलिस अनि ऱ्याफले माहौल शान्त गराएको थियो।  घटना पछि प्रधान नगर थाना पुलिसले प्रेमिकासहित तिनका आमा, बाबा, र दिदीलाई आत्महत्याको लागि युवकलाई वाध्य गराएको आरोपमा पक्राउ गरेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş