सिलगढी : सिलगढी नगरनिगमको 40 नम्बर वार्डस्थित डायमन्ड युवक वृन्द क्लब दुर्गा पुजा कमिटीको तर्फबाट आज खुट्टी पुजाको आयोजना गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला पावर लिफ्टिङका सचिव अशोक चक्रवर्ती, क्लबका अध्यक्ष तपन राय, क्लब सचिव रञ्जय मल्लिक, पुजा कमिटीका सचिव श्यामल सरकार लगायत श्यामल राय, सनत राय, सुजीत राहा, सजीब पाल, रोनी पाल उपस्थित थिए।

खुट्टी पुजाको अवसरमा कमिटीको तर्फबाट महिलाहरूलाई मास्क तथा सेनिटाइजर वितरण गरियो। डायमन्ड युवक वृन्द क्लबका अध्यक्ष तपन रायले यस वर्ष क्लबको दुर्गा पुजाले 12 पुरा गरेको तिनले बताए। कोरोनाको सबै नियमहरू पालन गर्दै गत वर्ष झैँ यस वर्ष पनि साधारण रूपमा दुर्गा पुजाको आयोजना गरिने साथै यस अवधि विविध सामाजिक कार्यहरू गरिने तिनले बताए।
