सिलगढी इस्टबेङ्गल फ्यान क्लबको तर्फबाट इस्टबेङ्गल क्लबको 104औँ स्थापना दिवस पालन

सिलगढी : सिलगढी इस्टबेङ्गल फ्यान क्लबको तर्फबाट आज सिलगढीमा इस्टबेङ्गल क्लबको 104औँ अनि इस्टबेङ्गल फ्यान क्लबको 7औँ स्थापना दिवस पालन गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियमको इस्टबेङ्गल रोडलाई रातो र पहेँलो बेलुन तथा इस्टबेङ्गल क्लबको झण्डाहरूले सजाइएको छ। इस्टबेङ्गल क्लबका सदस्य बासुदेव घोषले दीप प्रज्ज्वलन गरेर, क्लबको झण्डा उत्तोलन गरेपछि केक काटेर स्थापना दिवस पालन गरियो। इस्टबेङ्गल क्लबका सदस्यहरूले क्लबको इतिहासबारे आ-आफ्नो वक्तव्य राखे। सिलगढी इस्टबेङ्गल फ्यान क्लबका कार्यकारी सदस्य मदन भट्टाचार्यले भने, हाम्रो लडाई कोलकाता फुटबल लिगबाट सुरु भएको हो। यस वर्षको फुटबल टिम पनि निकै राम्रो छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *