सिलगढी, 28 जनवरी (निसं): सिलगढी इस्टर्न बाइपासको पूर्व चयनपाडा क्षेत्रमा सोमबार राति फेरि अर्को दुर्घटना भएको छ। एउटा तीव्र गतिमा गइरहेको चारचक्के वाहन अनियन्त्रित भएर पहिला एउटा बाइकलाई जोडले धक्का दियो अनि यसपछि सडक किनारामा रहेको एउटा दोकानमा गएर ठोक्कियो। यस दुर्घटनामा दोकान पूर्णरूपले क्षतिग्रस्त भएको छ। घटनामा दोकान मालिक र बाइक चालक घाइते भएका छन्। घटनापछि वाहनको चालक घटनास्थलबाट वाहन लिएर चम्पट कसे। स्थानीय मानिसहरूले बताए अनुसार वाहन चालकले मातेको अवस्थामामा गाडी चलाइरहेको थियो। त्यहाँ स्ट्रीट लाइट नभएको कारण दुर्घटना भएको आरोप लगाइएको छ।
अर्कोतिर, घटनाको खबर पाएपछि आशीघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटना सुरु गरेको छ।