सिलगढी ईस्टर्न बाइपास इलाकाको अवैध दोकानहरू भत्काइदियो नगरनिगमले

सिलगढी (निसं) : सिलगढी नगरनिगमले अतिक्रमणविरुद्ध अभियान चलाउँदै आज बुलडोजर लिएर सडकमा ओर्लियो। भक्ति नगर थाना अन्तर्गत ईस्टर्न बाइपास इलाकामा सडक किनारमा पीडब्ल्युडीको जमिनमाथि गरिएको अतिक्रमण केही महिना हटाए तापनि फेरि उक्त जमिनमा अतिक्रमण गरेर अवैध निर्माण गरिरहेको थियो। यसपछि सिलगढी नगरनिगमले अवैध दखलविरुद्ध कठोर कार्वाही गर्दै आज बिहान 4 वटा जेसीबीको साथमा ईस्टर्न बाइपासमा पुगेर उक्त अवैध अतिक्रमणलाई भत्काइदिएको छ। अवैध अतिक्रमण हटाउने क्रममा कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्य लिएर भक्ति नगर थानाको विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। नगरनिगमको बुलडोजरले एकपछि अर्को गर्दै अतिक्रमण भत्काइदिएर उक्त ठाउँ खाली गरिदिएको छ। नगरनिगमको तर्फबाट दिएको जानकारी अनुसार त्यहाँबाट आज मोठ 9 वटा दोकानहरू हटाइएको छ। नगरनिगमले केही महिना अघि उक्त जमिन खाली गराएको थियो। फेरि उक्त जमिन अतिक्रमण गरेपछि नगरनिगमले तिनीहरूलाई धेरैपल्ट उक्त ठाउँ खाली गर्ने निर्देश दिए तापनि जमिन खाली नगरेपछि आज जेसीबीको सहयोगमा त्यहाँबाट अतिक्रमण हटाइएको बताइएको छ। सरकारी ठाउँमा फेरि अतिक्रमण नगरोस् भन्ने उद्देश्यले पुलिस प्रशासनलाई विशेष ध्यान राख्ने निर्देश दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş