सिलगढी हैदरपाडामा आगलागी हुँदा 2 वटा ग्यास सिलेन्डर ब्लास्ट, चर्को आवाजले थर्कियो इलाका

सिलगढी (निसं): सिलगढीको हैदरपाडाको एउटा दोकानमा गत अबेर राति आगलागी भएर सिलेन्डर ब्लास्ट भएपछि इलाकामा सनसनी मच्चियो। घटनाक्रम अनुसार बुधवार अबेर राति एउटा बिरयानी दोकानमा राखेको दुई वटा ग्यास सिलेन्डर लगभग डेढ मिनटको अवधिमा लगातार ब्लास्ट भएपछि जोडको आवाजले इलाका नै थर्कियो। यसपछि इलाकामा व्यापक हो-हल्ला मच्चियो। सिलेन्डर ब्लास्ट भएको आवाज सुनेपछि स्थानीय मानिसहरू घटनास्थलमा आइपुगे अनि यसपछि तिनीहरूले तत्कालै घटनाको जानकारी दमकल विभाग अनि भक्तिनगर थाना पुलिसलाई दिए। अर्कोतिर, खबर पाउन साथ दमकल विभागको दुई वटा गाडी घटनास्थलमा पुगेर लगातार कठोर परिश्रम गरेपछि अन्तमा आगोलाई पूर्ण नियन्त्रणमा ल्यायो। दमकल विभागको प्राथमिक अनुमान अनुसार आगो शर्ट सर्किटको कारणले लागेको हुनपर्छ। आगलागीमा दुई वटा ग्यास सिलेन्डर ब्लास्ट भएको छ।


अर्कोतिर, दोकानको मालिकले बताए अनुसार राति दोकान बन्द गरेर तिनी घर गएका थिए। दोकानमा रेफ्रिजरेटर प्रत्येक दिनमा झै चालू थियो। सम्भवत: त्यहीबाट नै शर्ट सर्किट भएर आगो लागेको हुन सक्छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO