फूलबारी, 25 अक्टोबर(निसं): सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत फूलबारीको राधाबाडी क्षेत्रमा गत राति दुई वटा ठूला वाहन ठोक्किँदा दुईजना व्यक्ति घाइते भएका छन्। जानकारी अनुसार, गुवाहाटीबाट बाँस लिएर एक लारी फूलबारी हुँदै हरियाणातर्फ जाँदै थियो। यसैबीच, राधाबाडी संलग्न राष्ट्रिय राजमार्गमा रातको 3 बजे बाँस बोकेको लरीले रोकेर राखेको कोइला बोकेको लारीलाई पछाडिबाट धक्का दियो। उक्त दुर्घटनामा बाँस बोकेको लारीको अगाडीको भाग क्षतिग्रस्त भएको छ। यसको साथै घटनामा चालक र सहायक चालक घाइते भएका छन्। घटनापछि तिनीहरूलाई उद्धार गरेर नजिकको अस्पतालमा पठाइएको छ। घटनाको सूचना पाएपछि न्यू जलपाईगढी पुलिस र फूलबारी हाईवे ट्राफिक पोस्टको पुलिसले घटनास्थलमा पुगेर वाहनलाई उद्धार गरेर सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।
Jalpaiguri, North Bengal, Uncategorized
सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा दुई वटा वाहन ठोक्किँदा 2 जना व्यक्ति घाइते
25
Oct
Oct