सिलगढी जिल्ला अस्पतालबाट नवजात शिशुको शव बेपत्ता, अस्पताल प्रबन्धनद्वारा जाँच कमिटी गठन

सिलगढी,18 अक्टोबर (निसं): सिलगढी जिल्ला अस्पतालबाट नवजात शिशुको शव बेपत्ता भएको मामिलामा सिलगढी जिल्ला अस्पताल प्रबन्धनले एउटा जाँच कमिटी गठन गरेको छ। प्राप्त जानकारी अनुसार तीन सदस्यीय कमिटी गठन गरिएको छ। उक्त कमिटीलाई तीन दिनको अवधिमा रिपोर्ट बुझाउने आदेश दिएको छ। स्मरण रहोस, सिलगढी जिल्ला अस्पतालको प्रसूती वार्डबाट एकजना मृत नवजात शिशुको शव हराएको थियो। यसपछि अस्पताल परिसरमा सनसनी फैलिएको थियो। यसैबीच, त्यहाँको सीसीटीभी क्यामेरा बन्द रहेको छ। घटना पछि सिलगढी थाना पुलिस जाँचमा जुटेको छ। शुक्रवार डीवाईएफआई-ले जिल्ला अस्पताल अधीक्षक कार्यालय घेराउ गरेर एउटा ज्ञापन सुम्पिएको छ। उक्त घटनामा लापरवाही गर्नेहरूलाई बर्खास्त गरिनु पर्ने माग पनि गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomCasibomMeritking GirişBets10holiganbet girişbaywingrandpashabet girişcasibom girişcasibom giriş