सिलगढी जिल्ला अस्पतालमा रोगीहरूलाई फल वितरण

सिलगढी: नयाँ वर्षको उपलक्ष्यमा आज सिलगढीको बाबा लोकनाथ मिसनको तर्फबाट सिलगढी जिल्ला अस्पतालमा उपचाराधीन रोगीहरूलाई फल वितरण गरियो। मिसनका सचिव सुब्रत साहा लगायत अन्य सदस्यहरूले आज जिल्ला अस्पतालको विभिन्न वार्डमा उपचाराधीन अवस्थामा रहेका रोगीहरूलाई फल वितरण गरे। अस्पतालका लगभग एक सयजना रोगीहरूलाई फल वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *