सिलगढी (निसं): प्रधान नगर थाना पुलिसले जङ्क्शन अन्तर्गत एनबीएसटीसी बस स्ट्यान्डभित्र आज बिहान अज्ञात वृद्धको शव उद्धार भएको छ। स्थानीय मानिसहरूले आज बिहान बस स्ट्यान्डभित्र एकजना वृद्धलाई अचेत अवस्थामा देखेपछि यसबारे एनबीएसटीसी बस स्ट्यान्ड प्रबन्धनलाई खबर दिए। यसपछि प्रबन्धनले पुलिसलाई जानकारी गराएपछि पुलिस घटनास्थलमा पुगेर अज्ञात वृद्धको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले मृतक वृद्धको परिचय जुटाउने प्रयास गरिरहेको छ। स्थानीय मानिसहरूले बताएअनुसार गत तीन-चार दिनदेखि उक्त वृद्ध एनबीएसटीसी बस स्ट्यान्डमै बस्दै आइरहेका थिए। सम्भवत ठण्डाले गर्दा वृद्धको मृत्यु भएको हो।