सिलगढीका मेयरको फेसबुक पेज ह्याक, जाँचमा जुट्यो साइबर पुलिस

सिलगढी : सिलगढीका मेयरको फेसबुक पेज ह्याक भएकोबारे साइबर क्राइम पुलिसमा अभियोग दर्ता गरिएको छ। मेयर गौतम देवको फेसबुकमा एउटा भेरिफाइड पेज छ, जहाँ तिनले आफ्नो विभिन्न कार्यक्रमहरूको फोटो र भीडियो पोस्ट गर्ने गर्दछन्। यस पेजमा लाइभ बसेर तिनले सहरवासीहरूलाई सम्बोधन गर्ने गर्दछन्। उक्त पेज ह्याक गरिएको आरोप रहेको छ। यस वर्षको सबै फोटो र भीडियो पेजबाट डिलीट गरिदिएको छ। उक्त पेजमा 2022 -को केही फोटो तथा भीडियोहरू छ। यस सम्बन्धमा मेयर गौतम देवले भने, पेजमा केही असुविधाहरू देखापरेको थियो। कसैले योजना बनाएर फेसबुक पेज ह्याक गरिदिएको हो। मेरो पेज हेर्नेहरूले यस विषयमा खोजी गरिरहेका छन्। तिनीहरूले फेसबुक अधिकारीहरूलाई पनि सम्पर्क गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO