सिलगढीका शुभम कुमार अग्रवाल आईएससी परीक्षामा 99.75 प्रतिशत अंक हासिल गरेर देशभरिमैं बने टप्पर

सिलगढी (निसं): आईसीएसई-को दसौ अनि आईएससी-को बाह्रौ श्रेणीको परीक्षाफल घोषणा भएको छ। सिलगढीको शुभम कुमार अग्रवालले आईएससी-को बाह्रौ श्रेणीको परीक्षामा 99.75 प्रतिशत अङ्क हासिल गरेर देशभरिमैं टप्पर बनेका छन्। शुभम सेन्ट जोसेफ स्कूल सिलगढीका विद्यार्थी हुन्। आज आइतबार अपरान्ह वेब सीरीजमा परीक्षाको परिणाम प्रकाशित भएपछि हेर्दा प्रथम स्थानमा नै आफ्नो नाम देखेर तिनी आश्चर्य चकित बने। शुभमले बताए अनुसार तिनी भविष्यमा यूपीएससी-को तयारी गर्न चाहन्छन्। तर यसभन्दा पहिला तिनी कानून विषयमा पढ़ाई गर्न चाहन्छन्। हाल तिनी कोलकतास्थित एउटा कलेजमा कानून विषयमा भर्ना भइसकेका छन्। अर्कोतिर, आज अपरान्ह रिजल्ट प्रकाशित भएपछि शुभम स्कूल गए। यस अवधि स्कूलका प्रिन्सिपलले तिनलाई बधाई दिनको साथै मिठाई पनि खुवाए। शुभम सिलगढीको वार्ड नम्बर 26 को गोशाला मोड़ संलग्न इलाका निवासी हुन्। अर्कोतिर, छोराको यस सफलताले सम्पूर्ण परिवारले गर्व महसूस गरिरहेका छन्। सम्पूर्ण परिवार अधिक खुशी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *