सिलगढी खोपरेलबाट चोरी भएको स्कुटी उद्धार, एकजना पक्राउ

सिलगढी, 17 अक्टोबर (निसं): सिलगढीको मतिगढा थाना पुलिसले चोरी गरिएको स्कुटी फेला पारेको छ। उक्त घटनामा एकजना व्यक्तिलाई पक्राउ गरिएको छ। आरोपीको नाम राजेन राई हो, उनी बाघडुग्राका वासिन्दा हुन्।
प्राप्त जानकारी अनुसार 15 अक्टोबरमा मतिगढाको खोपरेल बजारबाट एउटा स्कुटी चोरी भएको थियो। त्यसपछि मतिगढा थानामा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले बुधबार राति खोपरेल मोड क्षेत्रबाट राजेन राईलाई चोरीको स्कुटीसहित पक्राउ गर्यो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *