सिलगढी खुदीरामपल्लीका अग्निपीडितहरूलाई सांसद राजु विष्टद्वारा आर्थिक सहयोग

सिलगढी : केही दिन अघि 18 नम्बर वार्डको खुदीरामपल्ली इलाकामा भयावह आगलागी हुँदा लगभग 50 वटा घर जलेर खरानी भएको थियो। भाजपा सांसद राजु विष्टले आज ती अग्निपीडितहरूलाई सहयोगको हात बढाए। दिल्लीबाट आफ्नो संसदीय क्षेत्रमा आउनसाथ सांसद राजु विष्टले आज साँझ खुदीरामपल्ली अग्निकाण्ड इलाकामा पुगेर पीडित परिवारसित भेट गरे। यसको साथै तिनले पीड़ित परिवारहरू प्रत्येकलाई 5-5 हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरे। यस अवधि सांसद विष्टले भने, सिलगढी नगरनिगमले आगलागीपछि रेलको जमिनमा बसोबास गर्नेहरूको लागि पट्टाको माग गरिरहेको छ। जब मुख्यमन्त्री ममता ब्यानर्जी, मुकुल राय, दिनेश त्रिवेदी रेल मन्त्री थिए तब रेलवेको जमिनमा बसोबास गर्नेहरूलाई पट्टा दिने कुरा याद आएन। वास्तविकतामा तृणमूल कङ्ग्रेसले यस दुखको समयमा पनि मानिसहरूको भावनासित राजनीति गरिरहेको तिनले आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *