सिलगढी, 11 दिसम्बर: नियन्त्रण गुमाएर रोडको डिभाइडरमा ठोक्कियो एउटा चारचक्के वाहन। उक्त घटनामा एकै परिवारका चार सदस्य गम्भीर घाइते भएका छन्। मंगलवार राति यो घटना सिलगढी ईस्टर्न बाइपास नजिक क्षेत्रमा भएको हो।
जानकारी अनुसार, मंगलबार राति एउटा वाहन आशिघर मोडबाट ईस्टर्न बाइपास हुँदै गोढामोडतर्फ जाँदै थियो तर लोकनाथ मन्दिर बजार नजिक पुग्दा गाडीले नियन्त्रण गुमाई पठाएर सोझै डिभाइडरमाथि चढ्यो। उक्त घटनामा चार जना गम्भीर घाइते भएका छन्, घाइतेमध्ये एकजना महिला र एकजना बालक पनि सामेल छन्।
घटना पछि खबर दिइयो भक्तिनगर ट्राफिक पुलिस र आशिघर आउटपोस्ट पुलिसलाई। पुलिसले घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठायो।
स्थानीय वासिन्दाहरूले बताए अनुसार,ईस्टर्न बाइपासमा पर्याप्त मात्रामा सडकमा बत्तीको अभावका कारण नियमित रूपमा दुर्घटनाहरू घटिरहेका छन्। यसअघि पनि सडक दुर्घटनामा धेरै जनाले ज्यान गुमाएका छन्। स्थानीयहरूले प्रशासनको ध्यान आकर्षित गर्दै छिटो कारवाहीको माग गरेका छन्।
पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।
North Bengal, Siliguri, Uncategorized
सिलगढीको ईस्टर्न बाइपासमा गाडी डिभाइडरमा ठोक्कियो, एकै परिवारका 4 जना घाइते
11
Dec
Dec