सिलगढीको 11 नम्बर वार्ड कमिटीद्वारा आवश्यकमन्द मानिसहरूलाई लुगाफाटा वितरण

सिलगढी : सिलगढीको 11 नम्बर वार्ड कमिटीको तर्फबाट आज गरिब मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। दुर्गा पुजा अगावै मानिसहरूको मुहारमा खुसी ल्याउने उद्देश्य लिएर आज 11 नम्बर वार्ड कमिटीको तर्फबाट 150 जना असहाय मानिसहरूलाई लुगाफाटा वितरण गरियो। वार्ड काउन्सिलर मञ्जुश्री पालले आज ती मानिसहरूलाई पुजाको उपहार स्वरूप नयाँ लुगाफाटा प्रदान गरिन्। आगामी दिनमा पनि अन्य मानिसहरूलाई लुगाफाटा वितरण गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *